ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

हेलम्बु र पाँचपोखरीका माथिल्लो भेगमा राहत सामाग्री पुर्याउँदै मन्त्री तामाङ

न्युज अरनिको, बलेफी । Saturday 19-Jun-2021 07:48 PM

 ५ असार ।  गत असर १ गत रातिको अविरल वर्षासंगै हेलम्बु  शिरमा पहिरो खसेर आएको बाढीबाट मेलम्ची -हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाले  ठूलो क्षति ब्यहोर्यो । अत्यासलाग्दो बाढीबाट सयौ परिवार विस्थापित भएका छन् । विशेषगरी हेलम्बुका माथिल्लो भागका मानिसहरु राहतको पर्खाइमा बसिरहेका छन् । सडक सञ्जाल संग जोडिएको मेलम्चीमै राहत केन्दृत हुँदा  माथिल्लो भेगमा राहत पुग्न सकिरहेको छैन । हेलम्बुको चनौटेसम्म राहत पुग्न थाल्यो, त्यस्माथिका भेगमा राहत सामाग्री पुर्याउन स्वास्थ्य मन्त्री एवम सोही क्षेत्रका सांसद शेरबहादुर तामाङ लागिपर्नुभएको छ ।  मन्त्री तामाङको सकृयतामा  विभिन्न दाताहरुबाट करिब २४ लाख बराबरको चामल, टेन्ट, सिरक लगायतका सामाग्री संकलन गरि माथिल्लो भेगका बस्तीमा पुर्याईँदैछ ।  हेलम्बुको हल्दे, तर्तुङमा २३ घर वाढीले बगाएको छ । हेलम्बु गाउँपालिका २ गणेशे बगर, सिम खेत र चनौटे बजारका सय घर परिवार विस्थापित भएका छन् । हल्दे ,तर्तुङ, चिउरीखर्कमा रहेका विस्थापितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । हेलम्बु जस्तै पाँचपोखरीको याङ्रग्री र लार्के क्षेत्रमा पनि नागरीक कष्टकर जिवन बिताई रहेका र बाढी पीडित माथिल्लो क्षेत्रका नागरिकलाई राहत संकलन गरिएको र तक्काल राहत पु¥याउने तयारी रहेको मन्त्री तामाङले जानकारि दिनुभयो । याङ्रग्री, टासिवा,सुनचौर ,मैखर्कका ६८ परीवार वाढि पहिरोले विस्थापित भएका छन् । बाढिले याङ्रग्री र टासिवाका ४ घर बगाईसकेको छ । स्वास्थ भवन, याङ्रग्री एकेडेमी स्कुल पनि बगाएको छ । त्यतिमात्रै हैन, ३ वटा झोलुङ्गे पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा जान सक्ने अवस्था समेत छैन ।