ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

मन्त्री तामाङको सकृयता: मेलम्ची- हेलम्बु सडक ट्र्याक खुल्यो

विदुर आचार्य Sunday 20-Jun-2021 08:11 PM

 बिदुर आचार्य चौतारा, असार ६  । असार १ गते मेलम्ची खोलामा आएको बाढीले पूर्ण अबरुद्ध बनाएको मेलम्ची हेलम्बु सडक अस्थाई रुपमा सञ्चालमा आएको छ । आईतबार साँझ मेलम्ची हेलम्बु सडक सञ्चालनमा ल्याईएको मेलम्ची क्षेत्रमा सांसद तथा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रीका प्रमुख स्वकीय निर्मल बंजराले जानकारि दिनुभयो । बाढीले सडक अबरुद्ध बनाएपछि हेलम्बु क्षेत्रमा राहत तथा उद्धारमा समस्या भएकोले तत्काल सडक संचालनमा ल्याईएको बंजराले जानकारि दिनुभयो । आईतबार साँझ मेलम्ची देखि चनौटे सम्मको सडक संचालनमा ल्याईएको हो । प्रमुख जिल्ला अधिकारी सहित जिल्ला बिपद ब्यवस्थापन समिति र स्थानीय सरकारले हेलम्बु क्षेत्रका नागरिकलाई आवश्यक राहत वितरण गर्न सहज वनाउन सडक संचालनको आवश्यकता र सहमति पश्चात सडक संचालनमा मन्त्री तामाङले तत्काल सडक संचालनको लागि संयन्त्र प्रयोग गर्न निर्देशन जारी गर्नुभएको थियो । दुई दिनको प्रयत्न पश्चात चनौटे सम्म सडक जोड्ने कार्य सम्पन्न भएको युवा संघका नेता महेश चौलागाईले जानकारि दिनुभयो । त्यस्तै सोमबार बिहन स्वास्थ्य मन्त्री तामङ सहित काठमाण्डौ महाँनगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मेलम्ची क्षेत्रमा राहत सहयोगका लागि आउने तयारी रहेको मन्त्री तामाङले जानकारि दिनुभयो । महानगरले भगीनि सम्वन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई रु दुई करोड र पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई पचास।पचास लाख सहयोग हस्तान्तरण गरिने र मन्त्री तामाङले मेलम्ची क्षेत्रमा विशेष राहत घोषणाको कार्यक्रम समेत रहेको जानकारि दिनुभयो ।