ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

बलेफीको मुख्य ग्रामीण सडक स्तरोन्नतीका लागि प्रदेश सरकारको ३ करोड

न्युज अरनिको, बलेफी । Monday 21-Jun-2021 07:20 PM

बलेफी गाउँपालिकाको मूख्य ग्रामीण सडक कोठे बिन्जेल धुस्कोट  सडक स्तरोन्नती हुने भएको छ ।  यस अघि स्तरोन्नतीको प्राथमिकतामा पर्न नसकेको यो सडकलाई आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको हो ।  कोठे बिन्जेल धुस्कोट सडक स्तरोन्नतीका लागि १ करोड, खाल्डे तल्लागाउँ खण्ड स्तरोन्नतीका लागि १ करोड र तल्लागाउँ सातदोबाटो खण्ड स्तरोन्नतीका लागि १ करोड गरि समपुरक कोषमा ३ करोड बजेट विनियोजन गरेको छ । 
बलेफी गाउँपालिकाको मुख्य ग्रामीण सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पहल गर्नुभएको थियो । समपुरक अन्तर्गत बलेफी गाउँपालिकाले सिफरीस गरेका विभिन्न योजना मध्ये कोठे बिन्जेल धुस्कोट सडकलाई प्राथमिकता दिइएको मन्त्री नेपालले बताउनुभयो । समपुरक अनुदान अन्तर्गत  प्रदेश सरकारको ३ करोड र गाउँपालिकाले ३ करोड बजेट सोही योजनामा छुट्याउनुपर्नेछ ।  बागमती सरकारका मूख्यमन्त्री डोरमणी पौडेलले दुई बर्षअघि कोठे बिन्जेल धुस्कोट सडकको स्थलगत निरीक्षण गर्नुभएको थियो ।