ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

स्वास्थ्यमन्त्रीसँगै मेलम्ची आएर काठमाडौका मेयरले दिए ३ करोड

न्युज अरनिको, बलेफी । Monday 21-Jun-2021 08:05 PM

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । काठमाडौं महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गरेकाे थियो । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ । बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए। ‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौैबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’ उनले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न पनि सुझाव दिए । उनले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताए । उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गररे। ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’ उनले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौं महानगरपालिकालाई धन्यवाद दिए । ‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ उनले भने, ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ । हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’ कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडौं महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका -१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।