ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

प्रदेश विपद व्यवस्थापन समितिले दिनेभयो सिन्धुपाल्चोकलाई १ करोड

न्युज अरनिको, बलेफी । Monday 21-Jun-2021 09:50 PM

७ असार । बागमती प्रदेशस्तरिय विपद व्यवस्थापन समितिले विपदग्रस्त सिन्धुपाल्चोकमा विपद रोकथाम, न्यूनिकरण र जोखिममा परेका क्षेत्र संरक्षणका लागि तत्काल १ करोड दिने भएको छ ।   मुख्यमन्त्री डोरमणी  पौडेलको प्रमुख आतिथ्यतामा आज बसेको प्रदेश स्तरिय विपद व्यवस्थापन समितिको बैठकले बाढीग्रस्त क्षेत्रको  लागि  जिल्ला विपद व्यवस्थापन  समिति  सिन्धुपाल्चोकलाई तत्काल १ करोड प्रदान गर्ने निर्णय गरेको उध्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले जानकारी दिनुभयो ।  विपद रोकथाम, जोखिमका क्षेत्र संरक्षण र  बाढी पहिरो पीडित तथा प्रभावितका  सहज जीवनयापनका लागि यो रकम प्रयोग गरिने मन्त्री नेपालले बताउनुभयो ।  मन्त्री नेपालका अनुसार सिन्धुपाल्चोक र चितवनमा नदि नियन्त्रणका लागि पनि ५० लाख प्रदान गर्ने निर्णय भएको छ । तत्कालका लागि अन्य जिल्लाले २५/२५ लाख पाउनेछन ।