
१० असार । सत्तारुढ नेकपा एमालेको बलेफी गाउँपालिका कमिटीले गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अनेरास्ववियु सिटीईभीटी राष्ट्रिय कमिटीका अध्यक्ष उमेश थापाको पहल तथा एमाले गाउँपालिका कमिटीको समन्वयमा नेपाल सरकारको स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बिहिबार बलेफी गाउँपालिकाका २, ३ र ८ नम्बर वडामा स्थानिय स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ । एमाले बलेफी गाउँपालिका कमिटीका अध्यक्ष डम्बर थापाले स्थानिय जनप्रतिनिधिको रोहबरमा स्वास्थ्य संस्थामा सामाग्री हस्तान्तरण गर्नुभएको हो । बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामा, ८ का वडाध्यक्ष चरिबहादुर तामाङ लगायतको उपस्थितमा फुल्पिङकोटमा स्थानिय स्वास्थ्य चौकीलाई सामाग्री प्रदान गरिएको थियो । ४ थान अक्सिजन सिलिण्डर, १ थान अक्सिजन कन्सन्टेटर, ८ सय थान एन नाईन्टीफाईभ मास्क, ४ हजार थान सर्जिकल मास्क, फेस शिल्ड, अक्सिमिटर, थर्मोमिटर लगायत सामाग्री स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।स्वास्थ्य सामाग्री जुटाउनमा एमाले बलेफी गाउँपालिकाका नेता रामहरी नेपाल, साधुराम नेपाल लगायतले समन्वय गर्नुभएको थियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago