ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

न्युज अरनिको, बलेफी । Saturday 10-Jul-2021 05:50 PM

बाढीग्रस्त क्षेत्रको निरीक्षण र पीडित प्रभावितका अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची आउनुभएको छ ।  
बाढी पहिरोबाट प्रभावित स्थानीयहरूको अवस्था बुझ्न आज सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आइपुग्नुभएका प्रधानमन्त्री ओलीले विस्थापितहरूसँग भेटघाट गर्दै बाढी प्रभावितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले बाढी पहिरो प्रभावितहरूका लागि तत्काललाई पचास हजार राहत स्वरूप उपलब्ध गराइने बताउनु भएको छ ।उहाँले स्थायी बसोबासका लागि  थप पाँच लाख उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्री ओलीले तत्काल अस्थायी व्यवस्थापनका लागि  ३६७ परिवारलाई ५० हजारका दरले नगदसहित १५ सय बण्डेल जस्तापाता  प्रदान गर्ने र स्थायी व्यवस्थापनका लागि ५ लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।  हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपालमा बाढीपहिरोबाट जोखिममा परेका बस्ती संरक्षणका लागि सरकारले सहयोगको घोषणा गरेको छ ।  प्रधानमन्त्री ओलीले बस्ती संरक्षणका लागि  हेलम्बुका लागि २ करोड ५० लाख, पाँचपोखरीका लागि २ करोड र मेलम्चीका लागि १ करोड ६५ लाख रकम प्रदान गर्ने घोषणा गर्नुभयो ।   बाढी पहिरोले क्षतिग्रस्त मोटरबाटो,पुल लगायतका भौतिक संरचना  निर्माणमा तत्काल लाग्न प्रधानमन्त्रीले भौतिक पूर्वाधार मन्त्री बसन्त  नेम्वाङलाई निर्देशन समेत दिनुभयो । 

मेलम्ची खानेपानीले हेलम्बु गाउँपालिकालाई १ करोड ५० लाख मेलम्ची नगरपालिकालाई ५० लाख तथा ह्योल्मो,सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँ पालिकालाई १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री मार्फत मेलम्चीका मेयर डम्बर अर्याललाई र हेलम्बुमा गाउँ पालिका सदस्य लक्ष्मी सुनारलाई हस्तान्तरण गरिएको छ । 
मेलम्चीमा आयोजित चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीग्रस्त मेलम्ची र हेलम्बुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि योजना बनाउन आफू स्थलगत निरीक्षणमा आएको बताउनुभयो । तत्कालीन र दीर्घकालीन रुपमा के र कसरी गर्न सकिन्छ भनेर आफू प्राविधिक टोलीसहित यहाँ आएको उहाँले बताउनुभयो । उहाँले बाढीबाट तहसनहस भएको मेलम्ची बजार र मेलम्ची खानेपानीको सुरुङको हवाई निरीक्षण पनि गर्नुभयो ।