३१ असार । परमादेशबाट प्रधानमन्त्री नियुक्तीको बिरोधमा एमाले नेता कार्यकर्ताले मसाल जुलुससहित नाराबाजी गरेका छन् । एक सय भन्दा बढिको संख्यामा सहभागी एमाले नेता कार्यकर्ताले बलेफी गाउँपालिका ७ स्थित खाडीचौर बजारमा परमादेश जारी गर्ने सर्वोच्चका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणा र नेता माधव नेपालको फोटो समेत जलाएका छन् । प्रधानन्यायाधिसको राजिनामा माग गर्दै उनीहरुले माधव कुमार नेपाललाई गद्धारको संंज्ञा दिँदै एमाले छाड्न समेत सार्वजनिक रुपमा आग्रह गरे । पार्टी हित बिपरीत कार्य गरेको भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी गरे ।
मसाल जुलुसपछि खाडीचौर बजार चोकमा आयोजित कोणसभामा युवा संघका केन्द्रिय सचिवालय सदस्य राजकुमार सुवेदीले संम्बोधन गरेका थिए । अदालतले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको र एमालेका नाममा माधव कुमार नेपालले गद्धारी गरेका कारण मसाल जुलुस गरिएको उनले बताए । जुलुसमा खाडीचौर र आसपासका एक सय बढि युवा बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बलेफी र सुनकोसी गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरु पनि सहभागी थिए । युवा संघ र अनेरास्ववियुले मसाल जुलुस र ¥यालीको आयोजना गरेको हो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
4 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
4 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
2 years ago
धेरै कमेन्ट गरिएका
- 37 बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
- 5 बाह्रविसेमा नेकपाले चियापान गर्ने
- 3 सवारी चालकलाई सडकमै खादा र माला
- 2 खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड
- 2 कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान
- 2 २० बर्षपछि धमाधम द्वन्द्वकालको महसुल असुल्दै बिद्युत प्राधिकरण