ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

 ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल

न्युज अरनिको । Monday 19-Jul-2021 11:54 AM

आफ्नै दलप्रति गद्धारी गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा नेता माधव नेपालप्रति आक्रोशित देखिएका छन् । माधव समुह बलियो मानिएको सिन्धुपाल्चोकमा एमाले नेता कार्यकर्ताले माधव नेपालप्रति कटाक्ष गरेका छन् । 
संसदमा शेरबहादुर देउवाले बिश्वासको मत पाएसँगै एमाले नेता एवम बागमती प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले माधव नेपालप्रति कडा आक्रोश ब्यक्त गर्नुभएको छ । माधव नेपाललाई एमालेभित्रको पिलोको संज्ञा दिँदै नेपालले ढिलैभएपनि पिलो फुटेको र त्यसप्रति गर्व लागेको अभिब्यक्ती दिनुभएको छ । ‘अवसरबादी र छदमभेसी चिनिनुपर्छ, यीनीहरु नीति निर्माणको तहमा कसरी पुगे छानविन गर्नुपर्दछ’, सामाजिक सञ्जालमा मन्त्री नेपालले लेख्नुभएको छ, –‘ढिलै भएपनि पार्टीभित्रको पिलो फुटेको छ ।’

युवा बिद्यार्थीका आक्रोश उस्तै

आफ्नै पार्टीप्रति गद्धारी गर्दै काँग्रेसको बैशाखी बनेको भन्दै माधव नेपालप्रति एमालेका युवा बिद्यार्थीका आक्रोश सामाजिक सञ्जालमा छरपष्ट छन् ।  माधव नेपाललाई पार्टीबाटै निश्काषन गर्न भन्दै युवा बिद्यार्थीले यसअघि सिन्धुपाल्चोकको खाडीचौर, मेलम्चीको बाहुनेपाटीमा माधव नेपालको पुत्ला समेत जलाएका थिए ।  
‘पार्टीप्रति गद्धारी गर्नेहरु अब हाम्रा नेता हुन सक्दैनन्, तत्काल पार्टीले कार्वाही गरेर अघि बढोस’, युवा संघ सिन्धुपाल्चोकका नेता राजकुमार सुवेदीले भन्नुभयो, ‘आफ्नै दल र चिन्ह नचिन्नेलाई अब कार्यकर्ताले पनि चिन्नेछैनन् ।’