ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन 

न्युज अरनिको । Monday 19-Jul-2021 05:11 PM

४ साउन । सिन्धुपाल्चोकको पर्यटकीय बिकासमा पर्यटन व्यवसायीहरु एकतावद्ध भएका छन् । जिल्लाको पर्यटकीय गन्तब्यहरुको संरक्षण, सम्वद्र्धन र विकासका लागि सिनधुपाल्चोकका पर्यटन व्यवसायीहरुले ‘सिन्धुपाल्चोक पर्यटन विकास परीषद’ गठन गरेका छन् । 
सिन्धुपाल्चोक घर भई देश तथा बिदेशमा पर्यटन व्यवसाय र पर्यटन विकासका क्षेत्रमा संलग्न व्यवसायीहरु शनिबार काठमाडौको ठमेलस्थित रोजमेरी किचेन तथा कफीशपमा  भेला भई सिन्धुपाल्चोक पर्यटन विकास परिषद गठन गरेका हुन् ।   शनिबारको भेलाले लिलाधर भण्डारीको नेतृत्वमा १३  सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।  बरिष्ठ उपाध्यक्षमा जीवन लामा, प्रथम उपाध्यक्षमा विजय खतिवडा, महासचिवमा दामोदर ढकाल सचिबमा केदार न्यौपाने
कोषाध्यक्षमा जनार्दन नेपाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा शुशिल तामाङ ईन्द्रमणी नेपाल,राजकुमार बस्नेत,पुष्पराज पराजुली,संगीता भट्टराई,अनु लामा र विदुर खतिवडा रहेका छन् । 
विभिन्न समयमा भएका भर्चुअल बैठकबाट यस किसिमको संस्थाको आवस्यकता महसुस गरी सिन्धुपाल्चोक पर्यटन विकास परिषद गठन गरिएको कान्तिपुर होलिडेजका संचालक एवम नवगठीत तदर्थ समितिका महासचिव दामोदर ढकालले बताउनुभयो । ‘सिन्धुको पर्यटन विकासमा हामी एकतावद्ध भएर लाग्ने प्रण गरेका छौँ’, ढकालले भन्नुभयो, ‘सबै गाउँ तथा नगरपालिकाहरू सँग सहकार्य गरी अघि बढ्नेछौँ ।’