ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने

न्युज अरनिको । Tuesday 20-Jul-2021 09:08 AM

सिन्धुपाल्चोक जिल्लाबासीका लागि मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि पुनः खुला गरिने भएको छ।
कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो।

अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।

यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ।


साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ। 

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ )साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथाआयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि आइपिओ खोलिएको हो। 

जिल्लाबासीका लागि आइपिओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि पनि खुल्नेछ। आइपिओ बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

मध्य भोटेकोशी जलविद्युत कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ ।