ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति

न्युज अरनिको । Sunday 01-Aug-2021 06:30 PM

हेलम्बु गाउँपालिकाको शिर भ्रेमाथाङमा पुनः पहिरो खस्दा मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोरमा भयावह क्षति पु¥याएको छ ।  गत असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर दर्जनौँ घरसहित पुल र खेतियोग्य फाँटहरु बगाएको छ ।
असार १ को मेलम्ची बाढीको पीडाबाट बौरिँदै गरेका बाढीपीडितहरु पुनः पहिरो र डुवानको चपेटामा परेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
बाढीको पीडा भुल्दै बस्ती संरक्षण र सफाईमा जुटीसकेका मेलम्ची करीडोरका स्थानीयबासी शनिबारको बाढीले पुनः विस्थापित बनेका छन् । असार १ को बाढीपछि केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । 

असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर शनिबार रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेको रातो पुल बगाएको छ ।  मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल शनिबारको बाढीले बगाएको हो । पुल बगाएसँगै चनौटे उँभोका दर्जनौ बस्तिमा सडक सम्पर्क टुटेको छ । 
बाढीले ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् ।अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । 
पहिरो खसेको भ्रेमाथाङको अवस्था हेर्दा तत्काल घट्ने स्थिती नरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आइतबार बिहानै हेलिकप्टरमा पहिरो स्थल र तल्लो तटीय क्षेत्रको अनुगमन गरी काठमाडौँ फर्किएका शेर्पाले तत्काल पहिरोको जोखिम घट्ने स्थिति नभएको बताउनुभयो । ‘तत्काल पहिरो रोकिने अवस्था छैन,  जोखिम उत्तिकै छ’,  शेर्पाले भन्नुभयो, ‘पहिरो निरन्तर खसिरहेको छ, जोखिमका बस्तिका स्थानीयलाई बैकल्पिक व्यवस्थापनमा हामी लागिरहेका छौँ ।’