ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा

न्युज अरनिको । Tuesday 31-Aug-2021 04:40 PM

नेकपा एमाले विभाजनमा ७ स्थानीय तह एमाललेले जितेको सिन्धुपाल्चोकमा एक जना उपप्रमुख मात्र माधव नेपाल नेतृत्वको एकीकृत (नेकपा समाजवादी ) मा खुलेकी छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा सहभागी बन्दै एमाले त्यागेको सन्देश दिएकी हुन् । 
सिन्धुपाल्चोकमा हालसम्म एकीकृत समाजवादीमा खुल्ने उनी पहिलो जनप्रतिनीधि हुन् । 
मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रमुख÷उपप्रमुखसहित एमालेले जितेको थियो । एमाले विभाजनपूर्व सिन्धुपाल्चोकमा माधव नेपालको पकड मानिएपनि स्थानीय तहका जनप्रतिनीधिहरु एमाले ‘ब्राण्ड’ छाड्न कोही तयार भने भएनन् । ‘नेतृत्वको कमजोरी थिए होलान, एउटा परिस्थतिमा माधव नेपाललाई साथ दियौँ एमाले नै छाडेर उहाँसँग जान सकिन्न’, एक स्थानीय तहका प्रमुखले भने । 
जिल्ल निर्वाचन कार्यालयले २२ गते साँझसम्मका लागि नयाँ दल रोज्नेहरुका लागि सनाखतका लागि सूचना जारी गरेको छ । 
 समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी इन्द्रमाया गुरुङ र राष्ट्रिय सभा सदस्य सिँहबहादुर बिश्वकर्माले  नयाँ दलमा आफु रहेको भनि  सनाखत गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा सिँहबहादुर बिक लिसंखुपाखर गापामा वडासदस्यमा पराजित भएका थिए । 
एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरासहित पूर्वमन्त्री एवम सांसद शेरबहादुर तामाङ,  बागमती सरकारका पूर्वमन्त्रीद्वय अरुण नेपाल, सरेश नेपाल, पूर्व सांसद कृष्णराज श्रेष्ठ लगायत सिन्धु एमालेका अन्य प्रभावशाली नेताहरु भने एमालेमै रहने भएका छन् ।