ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन

न्युज अरनिको । Friday 03-Sep-2021 06:05 AM

बाह्रबिसे नगरपालिका ६ मान्द्रास्थित गोरखनाथ आधारभुत बिद्यालयमा शिक्षक जनशक्ती  अभाव भएपछि स्थानीय शिक्षासेवी एवम व्यवसायी आङदोर्जे शेर्पाले ब्यक्तिगत रुपमा एक जना शिक्षकको व्यवस्थापन गर्नुभएको छ । शेर्पाले ब्यक्तीगत रुपमा तलब व्यवहोर्ने गरि गोरखनाथ आधारभुत बिद्यालयमा शिक्षकको पदपुर्ति गर्नुभएको हो । 
पर्याप्त शिक्षक नहुँदा बालबालिकाको  पठनपाठनमा समस्या देखिएपछि ब्यक्तीगत रुपमा एकजना शिक्षकलाई नियुक्ति गरिएको शेर्पाले बताउनुभयो । पर्याप्त दरबन्दी नहुन्जेलसम्मका लागि आफुले एक जना शिक्षकको तलब उपलब्ध गराउने शेर्पाले बताउनुभयो । गोरखनाथ आधारभुत बिद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ  । १ सय ७७ बालबालिकाले अध्ययन गर्दै आएको यस बिद्यालयमा ४ वटा मात्र शिक्षक दरबन्दी छ । अन्य ४ जनालाई नीजि स्रोतबाट बिद्यालयले तलब खुवाउँदै आएकोमा एकजनाको तलब अब  शिक्षासेवी शेर्पाले व्यवस्थापन गर्न लाग्नुभएको हो । 
‘किसानकै छोरा हुँ, यहि स्कुलमा पढेको हुँ’, शेर्पाले भन्नुभयो, ‘शिक्षकको दरबन्दी पर्याप्त नहुँदा समस्या देखेर एकजना शिक्षकको तलब व्यहोर्ने वचन दिएको हुँ ।’ शेर्पाको वचनवद्धतापछि विद्यालयले बुधबार नै एकजना शिक्षक नियुक्ति गरिसकेको छ ।