ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले

न्युज अरनिको । Saturday 04-Sep-2021 10:32 AM

१९ भाद्र । पार्टी बिभाजनका बिरुद्ध सिन्धुपाल्चोक १ नम्बर निर्वाचन क्षेत्रमा एमाले एकढिक्का देखिएको छ । लामो समयपछि एमाले नेताद्वय अरुण नेपाल र सरेश नेपालसहित १ नम्बर क्षेत्रका स्थानीय सरकार प्रमुख एउटै मञ्चमा उभिएर  सिन्धु एमाले एकढिक्का रहेको सन्देश दिएका छन् । शुक्रबार काठमाडौको तिनकुनेस्थित मण्डला पार्टी प्यालेसमा १ नम्बर क्षेत्रिय सिन्धु काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको अनौपचारिक कार्यक्रममा नेताद्वय नेपालका साथमा लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बिगतका तित्तता भुल्दै पार्टी गतिविधिमा एकमनका साथ अघि बढ्न कार्यकर्ता पंक्तिमा आग्रह गर्नुभयो ।
शुक्रबारको यो अनौपचारिक कार्यक्रमले सिन्धुपाल्चोक १ नम्बर क्षेत्रमा एमाले पुरानै लयमा फर्कीएको सन्देश दिएको छ ।
एमाले नेता एवम प्रदेश सरकारका पूर्वमन्त्री अरुण नेपालले आफुहरु कहिल्यैपनि पार्टी विभाजनका पक्षमा नलागेको बताउनुभयो । परिस्थिती अनुसार एमाले नेता कार्यकर्ता बिभक्त हुनुपरेको स्मरण गर्दै बिभाजनका बिरुद्ध फेरीपनि एमाले नेता कार्यकर्ता एक ठाउँमा उभिनुपरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै एमाले नेता एवम प्रदेश सरकारका पूर्व मन्त्री सरेश नेपालले बिगतका कुरा भुल्दै गुटगत मानसिकता त्यागेर पार्टी गतिविधिमा एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।