ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य

न्युज अरनिको । Tuesday 07-Sep-2021 07:28 PM

साविक नेकपा एमालेमा माधव नेपालको पकड मानिएको सिन्धुपाल्चोकमा स्थानीय तहका ९९ प्रतिशत जनप्रतिनीधिले पछिल्लो पार्टी विभाजनको बिपक्षमा कित्ता क्लियर गरेका छन् । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवति नेपाल मात्रै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेकी छन् भने ७ स्थानीय तहका अन्य १३ प्रमुख÷उपप्रमुख एमालेमै रहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका १० का वडाध्यक्ष बेलबहादुर महतले समाजवादी रोजेका छन् । सिन्धुपाल्चोकमा स्थानीय जनप्रतिनिधिमध्ये उनीहरु दुई जनाले मात्र एमाले छाडेका हुन् ।
 निर्वाचन कार्यालयले दल रोज्न जारी गरेको सूचनाको म्याद सकिँदा सम्म एक उपप्रमुख र एक वडाध्यक्ष मात्र समाजवादीमा लागे । ७ स्थानीय तहका १४ जना प्रमुख÷उपप्रमुख मध्ये १ जनाले मात्र एमाले छाड्दा सिन्धुपाल्चोकमा फुटको असर देखिएन । स्थानीय तह निर्वाचनमा जिल्लाका  कुल १ सय ३ वडामध्ये एमालेले ४३ वटा वडा जितेको थियो । एमाले विभाजनपछि ४२ जना वडाध्यक्ष एमालेमै रहेका छन् भने उक जनाले मात्र समाजवादी रोजेका हुन् । 
मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रमुख÷उपप्रमुखसहित एमालेले जितेको थियो । एमाले विभाजनपूर्व सिन्धुपाल्चोकमा माधव नेपालको पकड मानिएपनि स्थानीय तहका जनप्रतिनीधिहरु एमाले ‘ब्राण्ड’ छाड्न कोही तयार भने भएनन् ।  समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी इन्द्रमाया गुरुङ र राष्ट्रिय सभा सदस्य सिँहबहादुर बिश्वकर्माले  नयाँ दलमा आफु रहेको भनि  सनाखत गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा सिँहबहादुर बिक लिसंखुपाखर गापामा वडासदस्यमा पराजित भएका थिए ।