ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश

न्युज अरनिको । Sunday 12-Sep-2021 06:55 AM

नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालमा प्रवेशको लहर चलेको  छ। शनिबार बाह्रबिसे नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बाह्रबिसे नगरका दर्जनौँले एमाले प्रवेश गरेका छन् । नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्रीद्वय अरुण नेपाल र सरेश नेपालले अविर र खादा लगाएर स्वागत गर्नुभयो ।
नेपाली काँग्रेस र माओवादी केन्द्रका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेको बाह्रबिसे एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम नगरपालिकाका मेयर  निमफुञ्जो शेर्पाले बताउनुभयो । बाह्रबिसे ९ का सुन्दर लामा, बाह्रविसे ४ का सुरेश श्रेष्ठ लगायत एक सय भन्दा बढि एमालेमा प्रवेश गरेका छन् । सुरेश श्रेष्ठ स्थानीय तह निर्वाचन ०७४ मा बाह्रविसे –४ मा माओवादीबाट वडाध्यक्षका उमेदवार थिए ।  माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरबाट पत्रकार तारा नेपाल(प्रकृति) पनि एमाले प्रवेश गर्दै प्रेस चौतारीमा आवद्ध भएकी छन् । 

नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता एवम प्रदेश सरकारका पूर्व मन्त्री अरुण नेपालले एकढिक्का भएर पार्टी गतिबिधि र कार्यक्रममा लाग्न कार्यकर्ता पंक्तिमा आग्रह गर्नुभयो । एमाले छाडेर जानेहरुलाई पार्टीमा फर्कन समेत आग्रह गर्दै नेता नेपालले शेरबहादुर देउवालाई सत्ता सुम्पिएर समाजवाद नआउने दावी गर्नुभयो ।  ‘अहिले चोइटिएर जानेहरुका लागि पार्टीमा ढोका खुल्ला नै छ, काँग्रेससँग लड्न अब एमाले एकताबद्ध भएर लाग्नेछ’, नेपालले भन्नुभयो, ‘शेरबहादुर देउवाका पछि लागेर समाजवाद आउँदैन ।’
एमाले नेता एवम प्रदेश सरकारका पूर्व मन्त्री सरेश नेपालले एमाले विभाजन गरिदिन बाहीरी शक्ति ज्यान फालेर लागेको भन्दै सभामुख अग्नि सापकोटाको भुमिका प्रति कटाक्ष गर्नुभयो । ‘हिजो परिस्थितीले हामी विभाजित बन्यौँ, अव एकताबद्ध भएर लाग्नुको बिकल्प छैन’, नेपालले भन्नुभयो, ‘हामीले जिताएर पठाएका अग्नि सापकोटा आज सभामुख बनेर हामीलाई फुटाउन ज्यान फालेर लागिरहेका छन्, त्यसको एक एक हिसाब किताब गर्न हामी एकढिक्का बनेर लाग्नुपर्दछ ।’ 
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव एवम लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष  कमल नेपाल, बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिन लगायतले नवप्रवेशीलाई स्वागत र अगुवा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको झण्डा उठाउन आग्रह गर्नुभयो । कार्यक्रममा गायिका प्रिया भण्डारीले ‘सहि पनि एमाले, मै पनि एमाले’ बोलको चुनावी गीत गाउँदा नेता कार्यकर्ता छमछमी नाचे ।