ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

न्युज अरनिको । Thursday 16-Sep-2021 07:47 AM

बलेफी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम सुरु भएको छ । बुधबार बलेफी गाउँपालिका ५ स्थित बागलेगाउँमा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बाजागाजासहित बुधबार गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले प्रशासकीय भवनको शिलान्यास गर्नुभयो ।
बलेफी गाउँपालिका ५ बागले गाउँका स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएपछि गाउँपालिकाका जनताका लागि पायक पर्ने सोहि स्थानमा प्रशासकीय भवन निर्माणको काम सुरु गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । कुल ६ करोडको लागतमा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन  निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बताउनुभयो । 
 भवन शिलान्यासका क्रममा गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि निशुल्क रुपमा जग्गादान गर्ने जग्गादाताहरुलाई ढाका टोपी लगाएर सम्मान समेत गरिएको छ । बागलेगाउँका ठगबहादुर श्रेष्ठ, लोकबहादुर श्रेष्ठ,कुलबहादुर श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, चित्रबहादुर श्रेष्ठ, तुलसी श्रेष्ठ,हर्कबहादुर श्रेष्ठ, राम्जी श्रेष्ठ र पदमबहादुर श्रेष्ठले गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए ।