एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा गर्दै केहि नेताहरुले एमाले छाड्दा माओवादीकालिन जिल्ला नेतृत्वको एउटा ठूलो हिस्सा नेकपा एमालेमा धु्रविकृत भएको छ । तत्कालिन एमाले र माओवादी एकता प्रक्रिया अन्तर्गत साविक माओवादीकालिन जिल्ला कमिटीका दर्जनौँ नेताहरुले एमाले रोजेका छन् ।
शसस्त्र द्वन्द्वका बेला जनसेनाको कमाण्ड सम्हालेका कमाण्डर, पुराना नेताहरुदेखि माओवादीका यूवा नेताहरुले नेकपा एमाले रोजेका छन् । माओवादी पृष्ठभूमीका प्रभावशाली नेता दावा तामाङसहित तत्कालिन माओवादी केन्द्रका ४० भन्दा बढि जिल्ला नेताले एमाले रोजे ।
शसस्त्र द्वन्द्वको रापताप सहँदै त्यो कठिन बाटो हिँडेका दावा तामाङ उर्फ ‘कमरेड क्षितिज’ । त्यो कठिन बाटोमा अग्रपंक्तिमा देखिएका उनै दावा तामाङ आज माओवादी त्याग्दै एमाले राजनीतिमा अग्रभागमा उदाइरहेका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा साविक ३ नम्बर निर्वाचन क्षेत्रमा पशुपति शमशेर राणाको ‘राज्य’ भत्काउँदै उनले चुनाव जिते । केपी ओली नेतृत्वको सरकारमा उनै तामाङ संसद विघटनपछि यूवा तथा खेलकुद मन्त्रीसम्म बने ।
तत्कालिन जनसेनाको कमाण्ड सम्हालेका राजकुमार श्रेष्ठ उर्फ ‘अजित’ । युद्धको त्यो कठिन बाटोमा कयन पटक मृत्यु जितेका उनी यतिबेला माओवादी राजनीतिबाट टाढा भएका छन् । एमालेका केहि सभाहरुमा सहभागी उनी एमालेमै रहेर बाँकी राजनीतिक जीवन अघि बढाउँदैछन् । ०६४ सालको संविधानसभा निर्वाचनमा श्रेष्ठ सिन्धुपाल्चोक १ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए ।
नेत्रप्रसाद दंगाल उर्पm ‘कमरेड बादल’ । माओवादी युद्धताका सिन्धुपाल्चोकमा चिर परिचित नाम हो । जिल्लास्तरमा माओवादीले खडा गरेको ‘जन अदालत’ को नेतृत्वमा रहेका थिए दंगाल । उनै दंगाल यतिबेला सिन्धु एमालेको राजनीतिमा सक्रिय बनेर लागिपरेका छन् । उर्जाशिल उमेर माओवादीमा बिताएका उनी पनि एमालेमा रहेर बाँकी राजनीतिक जीवन अघि बढाउँदैछन् ।
जनमुक्तिका लागि जनयुद्धमा सामेल भएर ‘मुक्ती या मृत्यु’ भन्दै बन्दुक बोकेर हिँडेका चन्द्र धिमालकोटी उर्फ ‘भूषण’ हुन या देवीबहादुर पराजुली ‘प्रशान्त’ । उनीहरुको एउटै दृष्टिकोण छः माओवादी नेतृत्वले बिचार र सिद्धान्त छाड्यो, र हामीले माओवादी छाड्यौँ ।’
एमाले र माओवादी एकतापछि बनेको नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका नेता चिरन तामाङ तत्कालिन माओवादी केन्द्रका ४० भन्दा बढि जिल्ला कमिटीका सदस्य एमालेमा धु्रविकृत भइसकेको बताउँछन् । ‘नेकपाकालिन जिल्ला कमिटीबाट कम संख्या हुनसक्छ, माओवादीकालिन जिल्ला कमिटीका ४० बढि नेताहरु अहिले एमालेमा सक्रियताका साथ लाग्नुभएको छ’, नेता तामाङले भने ।
एमालेमा सक्रिय माओवादी पृष्ठभुमीका जिल्ला नेताहरुमा देवि दुलाल, बिदुर भारति, चिरन तामाङ, चेतकुमार तामाङ, फूर्वा ह्योल्मो, खड्कप्रसाद दुलाल, कमल माझी, भुवनसिँ तामाङ, दोगदोग तामाङ, नन्दु तामाङ, सुके तामाङ, रामकुमा आचार्य, प्रविण तामाङ, चक्रे तामाङ, विष्णु लामा, निरोज लामा, सोम तामाङ, पूर्णिमा ह्योल्मो,दैवसिँ तामाङ, मानसिँ तामाङ, रमेश देउजा, भिम तामाङ लगायत छन् ।
एमाले नेता एवम बागमति प्रदेश सरकारका पूर्व मन्त्री सरेश नेपाल सिन्धुपाल्चोकका सन्दर्भमा एमाले ०७५ जेठ अघिको भन्दा पनि झनै बलियो भएको बताउँछन् । ‘केहि साथीहरु पार्टी छाडेर जानुभयो, तर ठूलो संख्यामा माओवादी पृष्ठभुमीका प्रभावशाली नेताहरु आज एमालेमा हुनुहुन्छ’, नेपाल भन्छन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
4 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
5 years ago
-
सवारी चालकलाई सडकमै खादा र माला
4 years ago
धेरै कमेन्ट गरिएका
- 39 बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
- 5 बाह्रविसेमा नेकपाले चियापान गर्ने
- 3 सवारी चालकलाई सडकमै खादा र माला
- 3 कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान
- 3 बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै
- 2 स्वास्थ्य मन्त्रीका रुपमा सरकारमा शेरबहादुर तामाङको ‘कमब्याक’