ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस 

न्युज अरनिको । Wednesday 29-Sep-2021 08:19 PM

१३ असोज । चाडपर्वका अवसर पारेर नेकपा एमाले बाह्रबिसे काठमाडौ सम्पर्क मन्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । काठमाडौमा विभिन्न पेशा व्यवसाय  तथा बसोबास गर्दै आएका बाह्रबिसेका एमाले नेता कार्यकर्ताले शुभकामना आदानप्रदानसँगै   बिगतका ‘तितामिठा’ मेटेर भावनात्मक एकताको शन्देश समेत दिए । 
 काठमाडौको जडिबुटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम बागमती सरकारका पूर्वमन्त्री अरुण नेपाल एमाले सिन्धुमा एमाले एकढिक्का रहेको बताउनुभयो । एमाले फुटाएर मुलुकमा अस्थिरतार अराजकता  निम्त्याउन ठूलो शक्ति लागिपरेको उहाँले बताउनुभयो । 
 ‘सिन्धुपाल्चोकमा एमाले  फुटेको छैन, यो खुसीको कुरा हो’,  उहाँले भन्नुभयो, –‘केहि साथीहरु चोइटिएर जानुभएको छ, उहाँहरु फर्कनुहुनेछ ।’  एमाले कमजोर भए संविधान नै बाँकी नरहने भन्दै  उहाँले  देश दुर्घटनाको दिशामा जाने बताउनुभयो । ‘यो देशको सबैभन्दा ठूलो, व्यवस्थित पार्टी कमजोर हुँदा समग्र मुलुक र संविधान नै संकटमा पर्न जान्छ ।  माधव नेपालहरु फर्किएर एमालेमै आउनुको बिकल्प छैन’, उहाँले भन्नुभयो –‘फुटेको शक्ति टिकेको इतिहास छैन ।’
  कार्यक्रमका बिशेष अतिथि  एमाले केन्द्रिय लेखा आयोग सदस्य एवम बागमती सरकार पूर्वमन्त्री  सरेश नेपालले एमाले सिध्याउन ठूलो डिजाईन रचिएको र एमाले नेता कार्यकर्ताले  त्यो असफल बनाइदिएको बताउनुभयो ।  ।  नेतृत्व,  जनसम्बन्ध, र नीति सिद्धान्तमाथि प्रहार  गर्दै बिरोधीले एमाले सिध्याउन षड्यन्त्र रचेको उहाँले बताउनुभयो ।  ‘बिरोधीले हाम्रा यी तीन खुट्टामा प्रहार गरि भाँच्न खोजे ।   नेतृत्व, जनसम्बन्ध  र हाम्रो नीति यी तिनवटै खुट्टा बँचेका छन, ठक्कर मात्र खाएको हो’, उहाँले भन्नुभयो ।   अग्नि सापकोटालाई  एमालेले जिताईदिएर सभामुख  भएको  र यहि एमाले ध्वस्त गर्न  उनले अगुवाई गरेको भन्दै नेता नेपालले आक्रोश पोख्नुभयो । 
 बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले एमाले एकताबद्ध हुँदा बाह्रबिसेमा काँग्रेस कहिल्यै उठ्न नसक्ने बताउनुभयो । महाधिवेशमा पुराना काँग्रेस नेताहरु हराइएको सन्दर्भ उल्लेख गर्दै मेयर शेर्पाले काँग्रेसका  नेता कार्यकताृहरु नै मोहन बस्नेतका बिरुद्ध उभिन थालेको बताउनुभयो ।  ‘हामी एक हुँदा कांग्रेस कमजोर नै छ । कांग्रेसका कार्यकर्ता निराश छन । बाह्रबिसेमा कांग्रेसले सभा गर्नुपर्यो भने अन्यत्रबाट कार्यकर्ता ल्याउनुपर्ने अबस्था छ ।  कांग्रेसका धेरै कार्यकर्तालाई चुनाव कतिखेर आउला र मोहन बश्नेतलाई हराउँला भनेर बसिरहेका छन ।’,– मेयर शेर्पाले भन्नुभयो । 

 नेकपा एमाले बाह्रबिसे काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष आङदोर्जे शेर्पाले पछिल्ला ४ बर्षमा सम्पर्क मञ् चलायमान हुन नसकेको भन्दै अब निर्वाचन केन्दृत भएर चलायमान हुने बताउनुभयो । कार्यक्रममा एमाले नेता ज्ञानेन्द्र राउत, सागर घिमिरे, सम्पर्क मञ्चका शिवहरी सापकोटा, बासु अधिकारी लगायतले बिगतका तितामिठा भुलेर अब एमाले एकढिक्का भएर  अघि बढ्नुपर्ने बताउनुभयो ।