ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह

न्युज अरनिको । Saturday 02-Oct-2021 06:17 PM

युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय भई सिन्धुपाल्चोकको चौतारा, खाडीचौर र बाह्रबिसे बजारमा सेवाकेन्द्र सँचालनमा ल्याएको युएम सहकारीले प्रत्यक सेवाकेन्द्रमा एकैसाथ साधारणसभा  सम्पन्न गरेको हो । 
१० असोजमा सबै सेवाकेन्द्रमा बार्षिक साधारणसभाको उद्घाटन गरिएको र शनिबार ६ दिनपछि साधारणसभा सम्पन्न भएको युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण विभाग प्रमुख रामकृष्ण खत्रीले जानकारी दिनुभयो ।
गत आइतबार युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेड खाडीचौर सेवा केन्द्रमा बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामाले सो सहकारीको बार्षिक साधारणसभा उद्घाटन गर्नुभएको थियो । साधारण सभा उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष लामाले सहकारी संस्थालाई व्यवस्थित बनाउँदै उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । 
साधारणसभामा  खाडीचौर सेवा केन्द्रका प्रमूख दिनेश तामाङले संस्थाको समग्र प्रगती विवरण र खाडीचौर सेवाकेन्द्रको पनि छुट्टै  प्रगती विवरण प्रस्तुत गर्नुभयो ।  खाडीचौर सेवाकेन्द्रले यसबिचमा २ करोड ६० लाख कर्जा  प्रवाह गरेको र व्यवसायिक क्षेत्रमा नै आफुहरुले  प्राथमिकता दिएको तामाङले बताउनुभयो । साधारणसभा अवधिमा सेयर सदस्यका विभिन्न रचनात्मक सुझावहरु आएको र त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्ने तामाङले बताउनुभयो ।