आम उपभोक्ताका हितलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाका मूख्य बजारहरुमा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, प्रहरी तथा स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले चाडपर्वका बेला मुख्य बजारका खाद्यान्न पसहरुमा अनुगमन गरेको हो ।
जिल्लाको चौतारा, मेलम्ची, बाह्रबिसे, खाडीचौर, जलबिरे लगायतका बजार अनुगमन गर्दै मापदण्ड बिपरीत संचालन गरिएका पसल व्यवसायीलाई सचेत गराइएको छ । बजारका अधिकांश पसलहरुमा ग्राहकले देख्नेगरि मूल्य सूची राखेको देखिएन । एउटै बजारमा एउटै सामानको मूल्य फरक फरक पाइएको छ । कतिपय पसल दर्ता बिना नै संचालन गरेको भेटिएको र उनीहरुलाई यथासिघ्र दर्ता गर्नका लागि अनुगमन टोलीले सचेत गराएको छ । ‘पहिलो चरणमा सचेत गराइयो, यथासिघ्र दर्ता नगरे पसल सिल गर्ने चेतावनि दिएका छौँ’, अनुगमन टोलीका संयोजक नारायण लघुले भन्नुभयो ।
बजारका अधिकांश पसलमा म्याद नाघेका खाद्य सामाग्री फेला परेका छन् । अनुगमन टोलीले म्याद नाँघेका खाद्य सामाग्री जफत गरेको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
3 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
1 year ago