ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि

न्युज अरनिको । Sunday 03-Oct-2021 02:44 PM

विजयादशमीको अवसर पारेर बाह्रबिसे नगरपालिकामा फुटबल प्रतियोगिता हुने भएको छ ।  बाह्रबिसे नगरपालिका ६ गातीमा रहेको गाती यूवा क्लवले बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि ‘दोस्रो  गाती सेभेन ए साईड’ फुटबल प्रतियोगिता  आयोजना गरेको हो । बाह्रबिसे नगरपालिकाको सहयोगमा हुन लागेको फुटबल प्रतियोगिता असोज २१ गते उद्घाटन हुने गाती यूवा क्लबका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन १८ गते साँझसम्म टीम दर्ता गरिसक्नुपर्ने छ । 
प्रतियोगितामा बिजयी टीमले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेता टीमले नगद २५ हजार र ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । खेलकुदको विकासमा नगरपालिकाले सहयोगसहित प्रोत्साहन गरेपछि गाती यूवा क्लबले गतबर्षदेखि फुटबल प्रतियोगिता सुरु गरेको हो । ‘नगरपालिकाले सहयोग गर्दै आएको छ, अन्य खेलप्रेमीहरुले  पनि सहयोग गर्नुभएको छ’,  गाती यूवा क्लबका प्रमुख सल्लाहकार सुप्पा  श्रेष्ठले भन्नुभयो । खेलकुद क्षेत्रको बिकासमा बाह्रबिसे नगरपालिकाले स्थानीय क्लबहरुलाई  आवस्यक सहयोग गर्दै आएको मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।