
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकमा नेतृत्व बदली भएको छ । रेडक्रस केन्द्रीय कार्यसमितिले आजिवन सदस्य भरतबहादुर बस्नेतको नेतृत्वमा १५ सदस्यीय जिल्ला जिल्ला तदर्थ समिति गठन गरेको हो । केन्द्रिय कार्यसमितिको बैठकको निर्णय र रेडक्रसको प्रचलित विधान अनुसार सिन्धुपाल्चोक जिल्ला तदर्थ समिति गठन गरिएको हो । ४० बर्षदेखि रेडक्रस जिल्ला शाखामा काँग्रेस नेता राजेन्द्रमान ताल्चाभँडेलको नेतृत्व रहिँदै आएको थियो । सिन्धुपाल्चोक रेडक्रस बर्षैदेखि ताल्चाभँडेलको कब्जामा रहेको थियो ।
केन्द्रिय कार्यसमिति बैठकले भरतबहादुर बस्नेतलाई संयोजक तोक्दै १५ जना सदस्य पनि तोकेको छ । तदर्थ समिति सदस्यहरुमा अमिरबहादुर श्रेष्ठ,धर्मकुमार खोखाली,सुर्यप्रसाद न्यौपाने,तारादेवी श्रेष्ठ, चित्रकुमारी खोखाली, नातीबाबु धिताल, कल्याणी नेपाल, कृष्णबहादुर थापा, अमृत खड्का, मञ्जुमाया खड्का , चन्द्र सापकोटा, श्यामकृष्ण श्रेष्ठ, श्याम खड्का र अम्बिका नेपाल रहेका छन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
3 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
1 year ago