
२३ कार्तिक । राष्ट्रिय जनावर गाई काट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती गाई काटेर मासु भाग लगाईरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाह्रबिसेले बाह्रबिसे बजार नजिकैबाट खुकुरी र गाईको मासु सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका ९ का अर्जुन थामी, राजकुमार थामी, त्रिपुरासुन्दरी गाउँपालिका २ का भिम बहादुर थामी, दिल बहादुर थामी र बिजय थामी रहेका छन । गौबधको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको ईप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । " ५ जनालाई पक्राउ गरि गौबध कसुरमा अनुसन्धान भईरहेको छ, यो कसुरमा ३ बर्षसम्म कैद सजायको व्यवस्था छ", प्रहरी निरीक्षक शाहले भन्नुभयो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
4 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
4 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
2 years ago