
अरनिको न्युजका सम्पादक स्वर्गिय नानीराम नेपालको ४५ औ दिनको पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्वर्गिय नेपालको जन्मथलो सिन्धुपाल्चोक जिल्ला वलेफी गा.पा. वडा नं ४ विन्जेलमा प्रेस चौतारी नेपालले श्रद्धान्जली सभा गरेको हो ।
कार्यक्रममा स्व. नानीराम नेपालको परिवारलाई सहयोगार्थ संकलन गरिएको रु १० लाख हस्तान्तरण गरिएको थियो । उक्त रकम पत्रकार नानीराम नेपालको परिवारलाई श्रद्धान्जली सभा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटव्युरो सदस्य एवं सिन्धुपाल्चोकवाट प्रदेश सभा सदस्य अरुण नेपालले हस्तान्तरण गर्नु भएको कुरा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य एवं प्रदेश सभा सदस्य सरेस नेपाल, नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि अध्यक्ष झम्क नेपाल, सचिव एवं लिसंखुपाखर गाउपालिकाका प्रमुख कमल नेपाल लगाएतले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago