
नेकपा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन पौष २३ गते वाह्रविसेमा शुरु हुदैछ । जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा नेकपा एमाले जिल्ला कमिटि अध्यक्षमा बालकृष्ण देउजा, कमल नेपाल, होम नारायण श्रेष्ठ र केदार क्षेत्रीले जिल्ला कमिटिको अध्यक्षमा उमेरद्धारी दिने भएका छन् ।
करिव नौ वर्षपछि हुन लागेको जिल्ला अधिवेशन नेकपा एमाले र एनेकपा माओवादी विच पार्टी एकता भई पुन सर्वोच्च अदालतको फैसलाले विघटन भएपछि देशभर एकै पटक हुन लागेका र स्थानिय निर्वाचन समेत नजिकै आईरहेका र नेकपा एमालेलाई निर्वाचित गराउनैपर्ने भएकाले यसलाई नेकपा एमालेका नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् ।
सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ को फैसला पछि नेकपा एमाले र एकिकृत नेकपा माओवादीको आ–आफ्नो पुरानो अस्थित्वमा रहने निर्णय भएको थियो । उक्त निणर्य पछि नेकपा एमालेमा आन्तरिक विवाद आई अन्तत् माधव नेपाल लगाएत केही मानिसहरु नेकपा एमालेवाट वाहिरिएका थिए भने प्राय जिल्लाहरुमा एमालेको समानान्तर कमिटिहरु वनेका थिए ।
अध्यक्षका प्रत्यासी मध्ये वालकृष्ण देउजा तत्कालिन समयमा समानान्तर कमिटिको सिन्धुपाल्चोक जिल्ला कमिटिको अध्यक्ष र पछि दुवै कमिटि समायोजनको लागि वनेका कार्यदलको सहसंयोजक हुन भने होम नारायण श्रेष्ठ जुगल गाउपालिका अध्यक्ष र गाउपालिका महासंघका अध्यक्ष हुन । त्यसैगरि नेकपा एमाले जिल्ला कमिटि सचिव समेत रहेका कमल नेपाल लिसंखुपाखर गाउपालिका अध्यक्ष हुन । अर्का प्रत्यासी केदार क्षेत्री वलेफी गाउपालिकाका अध्यक्ष हुन । चारैजना अध्यक्षका प्रत्यासी नेकपा एमाले वागमति प्रदेश कमितिका सदस्य समेत रहेका छन् । चारै जना नेकपा एमालेको दशौ महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लावाट निर्विरोध राष्टिय प्रतिनिधि परिसद वनेका थिए भने केदार क्षेत्रीले दशौ महाधिवेशनमा केन्द्रीय सदस्यमा दावी गरेपनि केन्द्रीय सदस्य निर्वाचित भएका थिएनन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago