ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने

न्यूज अरनिको Wednesday 12-Jan-2022 01:02 PM

पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोकका संघीय सांसद शेर वहादुर तामाङको अगुवाईमा भदौरे– सिन्धुधुसिनी– मेलम्ची– नवलपुर– चौतारा– नौविसे सडक कालोपत्रेको हुने भएको छ । उक्त सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालय चरिकोटवाट टेन्डर आह्वान गरेको छ । यस अधि पटक–पटक सडक आलोत्रपत्रेका लागि पूर्व मन्त्री तामाङले अगुवाई र पहल गर्दै आउनु भएकोमा सडक डिभिजन कार्यालयले टेन्डर आह्वान गरेसंगै सडक कालोपत्र हुने सुनिश्चित भएको हो ।


उक्त सडक खण्डको कालोपत्रे भन्ज्याङबाट शूरु भई सिन्धुधुसिनी मेलम्ची नवलपुर, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हुँदै नौविसेबाट चीनको स्वाशासित क्षेत्र तिव्वतसम्म जोडिने छ । उक्त रणनीतिक महत्वको सडकले जिल्ला मात्र नभई मुलुकको आयात निर्यातमा समेत बहुआयामीक फाइदा हुने एमाले स्थायी समिति सदस्य समेत रहेका पूर्व मन्त्री तामाङले बताउनु भयो ।
यस सडक कालोपत्र भएसंग नेपाल चीन व्यपारमा समेत सहज हुने भएको छ । यस सडक खण्डको कालो पत्र भएपछि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, इन्द्रावती, चौतारा, जुगल, वलेफी, सुनकोशी, वाह्रविसे र भोटेकोशी गरी आठ वटा स्थानीय तहका जनताले प्रत्यक्ष लाभ लिनेछन् ।


दुई मुलुकबीच व्यपारका दृष्टिले समेत महत्वपूण उक्त सडक लामो समयदेखि कालो पत्रेका लागि विभिन्न निकायमा पुगेर पूर्व मन्त्री तामाङले पहल गरेकाले सडक कालोपत्रे गर्न सफल भएको उहाँका स्वकीय सचिव निर्मल वन्जराले जानकारी दिनुभयो । त्यसैगरि ३ वर्ष भित्र सम्पन्न हुने गरी डेन्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय चरिकोटले जानकारी दिएको छ ।