२०७८ पौष २३ गते सिन्धुपाल्चोकको वाह्रविसेमा उद्धघाटन गरी शुरु भएको नेकपा एमाले सिन्धुपाल्चोक नवौं जिल्ला अधिवेशन अन्तरगत आज पौष २९ गते उमेरद्धारी दर्ता सम्पन्न भएको छ । अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेको जिल्ला अध्यक्षका लागि नेताहरु बालकृष्ण देउजा, होम नारायण श्रेष्ठ, डोल्मा तामाङ, कमल नेपाल र केदार क्षेत्रीको उम्मेदवारी परेको हो ।
त्यसैगरि उपाध्यक्ष पदको लागि उमा प्रधान, जेपी सिलवाल, मित्रलाल चौलागाई र चन्द्र थिङको उम्मेदवारी परेको छ । चार जनाको उम्मेदवारी परेपनि एक जना मात्र उपाध्यक्ष हुने एमाले विधानको व्यावस्था रहेको छ । साथै एक सचिव पदका लागि रामचन्द्र बस्नेत, सोमर बोम्जन, विष्णुमणि आचार्य, कृष्ण गोपाल तामाङ, अर्जुन वहादुर भण्डारी, फईन्द्र तामाङ, यज्ञराज सापकोटा र नेत्र प्रसाद पौडेलको उम्मेदवारी परेको निर्वाचन अधिकृत शशीनाथ आयार्चले जानकारी दिए ।
त्यस्तै उपसचिवमा दुई पदका लागि नौ जनाको उम्मेदवारी परेको छ । जसमा निर्मल कुमार वन्जरा, राजकुमार सुवेदी, रामचन्द्र नेपाल, राम वहादुर सुनार, डवले लामा, शिवहरी सापकोटा, शुसिला पाख्रिन, कुष्माखर नेपाल, चिरन तामाङको उम्मेदवारी परेको छ ।
नेकपा एमालेले जिल्ला सदस्य पदका लागि विभिन्न क्लस्टरवाट एक सय उम्मेदवारी दिने गरि आवेदन लिएको हो । जसमा दलितवाट महिला २ र अन्य ३ गरि जम्मा ५ जना, अल्पसंख्यक, सिमान्तकृत, अपाङवाट महिला १ र अन्य २ गरि जम्मा ३ जना, मजदुरवाट महिला १ र अन्य १ गरि जम्मा २ जना र खुल्ला क्षेत्रवाट ३ महिला र १३ अन्य गरी जम्मा १६ जनाको उम्मेदवारी लिएको हो । साथै १२ पालिका मध्ये भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, जुगल, पाँचपोखरी थाङपाल र हेलम्वुले २ महिला सहित ५ जना, वलेफी र सुनकोशीले २ महिला सहित ६ जना र इन्द्रावती, बाह्रविसे, चौतारा साँगाचोकगढि र मेलम्चीले ३ महिला सहित ८ जना जिल्ला कमिटि सदस्य निर्वाचित हुने गरि आवेदन लिएको हो । जम्मा एक सय जना सदस्य पदका लागि एकसय पचास जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य राजन सापकोटाले वताए ।
एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित जम्मा १०५ जना कमिटिको लागि १७५ जनाको उम्मेदवारी परेपनि अध्यक्ष मण्डलले तयार पारेको मापदण्ड, र उम्मेदवार विचको छलफल तथा सहमतिमा नेत्रित्व तथा सदस्यको टुङगो लगाईने वागमति प्रदेशका पुर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय कमिटि सदस्य सरेस नेपालले जानकारी दिनुभयो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
4 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
5 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
2 years ago
धेरै कमेन्ट गरिएका
- 39 बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
- 5 बाह्रविसेमा नेकपाले चियापान गर्ने
- 3 सवारी चालकलाई सडकमै खादा र माला
- 3 कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान
- 3 बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै
- 2 समाज कल्याण परिषदको सदस्यमा अधिकारकर्मी थापा