ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित

न्युज अरनिको Sunday 16-Jan-2022 07:33 AM

नेकपा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । २०७८ साल माघ २ गते निर्वाचन गर्ने तयारी गरेकोमा कोभिड–१९ को कारण देखाई जिल्ला निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्वन्धी सम्पुर्ण प्रक्रिया अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको हो ।

कोभिड–१९ संक्रमणवाट निर्वाचन समितिका संयोजक भेषराम ढकाल, अध्यक्ष मण्डलका सदस्यहरु अरुण नेपाल, सरेस नेपाल लगाएत सदस्यहरु र अध्यक्ष पदका प्रत्यासी होम नारायण श्रेष्ठ, बालकृष्ण देउजा लगाएत अन्य पदाधिकारी र सदस्यका प्रत्यासी विरामी परेकोले निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो । निर्वाचन अधिकृत शशिनाथ आचार्यद्धारा जारी सुचनामा नेपाल सरकार र जिल्ला कोभिड–१९ व्यावस्थापन समितिवाट २५ जना भन्दा वढि भेला गर्न नपाइने भनि सुचना जारी गरेकाले कार्यक्रम स्थगित भएको जनाइएको छ ।