ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार

न्युज अरनिको Sunday 24-Apr-2022 04:09 AM

नेकपा एमाले सिन्धुपाल्चोकले आशन्न स्थानिय निर्वाचनको लागि पार्टीको तर्फवाट १२ वटै स्थानिय तहको लागि उम्मेदवार छनोट प्रक्रिया टुग्याएको छ । कतिपय पालिकाका पहिलेकै नेत्रित्व दोहोरिएको छ भने कतिपय पालिकाका नयाँ अनुहार देखा परेको छ । पटकपटकको सहमतिको प्रयासपछि राति अवेरसम्म वसेर उम्मेदवारको टुंगो लगाईएको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।
नेकपा एमालेवाट माधव नेपाल समुह वाहिरिएपछि हुन लागेको स्थानिय निर्वाचन नेकपा एमालेको लागि निकै चुनौतिपूर्ण रहेको छ । ३ नगरपालिका र ९ गाउपालिका रहेको सिन्धुपाल्चोकमा स्थानिय तहका उम्मेदवारको सुचि यस्तो छ । सवै पालिकाहरुमा मेयर तथा अध्यक्ष टुंगिएको छ भने जुगल गाउपालिका र हेलम्वु गाउपालिकामा उपाध्यक्षको उम्मेदवार टुंगिन वाकी रहेको छ ।


१. बाह्रविसे नगरपालिका  
मेयर निमफुन्जो शेर्पा
उपमेयर कल्याणी घिसिङ

२. चौतारा नगरपालिका
मेयर इन्द्र वहादुर नेपाल
उपमेयर बालकुमारी सापकोटा

३. मेलम्ची नगरपालिका
मेयर बालकृष्ण देउजा
उपमेयर उमा प्रधान

४. भोटेकोशी गाउपालिका
अध्यक्ष अमृत खड्का
उपाध्यक्ष सुन्तलीमाया तामाङ

५. त्रिपुरासुन्दरी गाउपालिका
अध्यक्ष मेघनाथ पौडेल
उपाध्यक्ष सविता श्रेष्ठ

६. लिसंखुपाखर गाउपालिका
अध्यक्ष सुर्य वहादुर लामा
उपाध्यक्ष कन्चन लामा

७. सुनकोशी गाउपालिका
अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना
उपाध्यक्ष मन्जु भण्डारी

८. बलेफी गाउपालिका
अध्यक्ष नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष चन्द्रावती थापा

९. जुगल गाउपालिका
अध्यक्ष जय वहादुर लामा

१०. इन्द्रवती गाउपालिका
अध्यक्ष झम्कनाथ नेपाल
उपाध्यक्ष शोभना तामाङ

११. पाँचपोखरी गाउपालिका
अध्यक्ष टासी लामा
उपाध्यक्ष सुनिता अधिकारी

१२. हेलम्वु गाउपालिका
अध्यक्ष हस्त वहादुर पण्डित